अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान सम्पन्न

स्वर्णिम खबर
१४ बैशाख २०८२, आईतवार ०८:१०

१४ वैशाख, हेटौँडा । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा मदर टेरेसा पब्लिक स्कूल जनकपुर अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान सम्पन्न भएको छ ।
अध्यक्ष मनोज अग्रवालको भैहरवा नेतृत्वमा तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरी नारायणगढको संयोजकमा आयोजित यस अभियानमा मारवाडी युवा मञ्च हेटौडाका पूर्व अध्यक्ष राजेश अग्रवाल, सोना अग्रवाल लगायत कुल ११ जना युवा र ४ जना युवती सहभागी थिए ।
अभियानको क्रममा झिनु डाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको सम्पूर्ण मार्गमा नन–रिसाइकल फोहोर संकलन गरी सरसफाई गरिएको थियो ।
यो अभियानले पर्यावरण संरक्षण, पर्यटन मार्ग सफा राख्ने दायित्व र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको छ ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र पर्यावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*