नवजीवन ज्योति क्लबको साधारणसभा सम्पन्न
१३ वैशाख, हेटौँडा । वातावरण संरक्षण राष्ट्रिय पुरस्कार २०५९ बाट सम्मानित हेटौडा– ६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको १८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा क्लब अध्यक्ष बास्तोलाले संस्थागत प्रतिवेदन, सचिव राजकुमार फुयालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्वरत्न मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा क्लबका पूर्व अध्यक्ष श्याम प्रसाद श्रेष्ठलाई सम्मानित गरिएको थियो । श्रेष्ठले हालै कठै नामक पुस्तक प्रकाशन गर्नु भएको थियो ।
साधारणसभामा हेटौडा ६ का वडा सदस्य विजय पौडेल, क्लबका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ ,गणेशकुमार श्रेष्ठ, भूमि आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, चौघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, जनकल्याण सहकारीका उपाध्यक्ष श्यामप्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।













