‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८० ’ सार्वजनिक

स्वर्णिम खबर
१२ बैशाख २०८२, शुक्रबार १६:४८

१२ वैशाख, हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८० सार्वजनिक गरिएको छ ।
शुक्रबार हेटौंडामा एक औपचारिक कार्यक्रमको बीच मुख्यमन्त्री बहादुर सिंह लामा, स्वास्थ्य मन्त्री किरण थापा मगरले निर्देशिका सार्वजनिक गर्नुभएको हो । प्रदेश सरकारको २०८० फागुन ८ गते मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएर निर्देशिका २०८० चैत्र ८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको हो ।
निर्देशिका सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री लामाले हरेक तहले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य सबै मन्त्रालयसंग जोडिने विषय भएकोले मन्त्रालयको नीति स्वास्थ्यमैत्री हुनुपर्ने उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालय एक्लैले मात्र सुधार ल्याउन नसक्ने भएकोले सबै मन्त्रालयले एकआपसमा समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव सुमित्रा गौतमले प्रस्तुतिकरण मार्फत निर्देशिका बारे जानकारी गराउनुभएको थियो । यस निर्देशिकाले स्वास्थ्य क्षेत्रमा रहेका असमानताहरुलाई सम्बोधन गर्न सहयोग पु¥याउने मन्त्रालयले जनाएको छ । सबै नीतिमा स्वास्थ्य अवधारणा लागु गरेर सरकार र नीति निर्माताहरुले विभिन्न क्षेत्रका नीति कार्यक्रमहरुले स्वास्थ्यमा पारेको प्रभावलाई मध्यनजर गर्न सक्ने सचिव गौतमले बताउनुभयो ।
बागमती प्रदेश सरकारको पहिलो आवधिक योजनामा समेत सबै क्षेत्रको सार्वजनिक नीतिहरुको तर्जुमा र कार्यान्वयनमा स्वास्थ्य सम्बन्धी विषयहरुलाई समावेश गर्ने उल्लेख गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*