नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको साधारणसभा सम्पन्न
१० वैशाख, हेटौँडा । नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७ औं साधारणसभा सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् फलफुल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतमको विशेष आतिथ्यतामा साधारणसभा भएको हो ।
कार्यक्रममा नगर प्रमुख लामाले तरकारी व्यवसायीलाई व्यवस्थित गर्न उपमहानगर प्रतिबद्ध रहेको बताउनुभयो । उपमहानगरलाई पनि समस्या परेको उहाँले बताउनुभयो । नगर प्रमुख लामाले कृषि थोक बजारबाट मन्त्रालय हटाउन स्वयम् तरकारी व्यवसायीहरुले पनि दबाब दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले अध्यक्षको प्रतिवेदन र ऋषि सापकोटाले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो ।













