चितवन जिल्लामा सञ्चालित चारवटा योजनाको अनुगमन

स्वर्णिम खबर
६ बैशाख २०८२, शनिबार १८:१४

६ वैशाख, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले चितवन जिल्लामा सञ्चालित विभिन्न चारवटा योजनाको शनिबार अनुगमन गर्नुभएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट निर्माण अन्तिम चरणमा पुगेका तटबन्धनका योजनाहरुको मन्त्री खड्काले अनुगमन गर्नुभएको हो । चितवनस्थित राप्ती नगरपालिका–६ को डुङ्ग्रे खोला तटबन्धन, खैरहनी–३, लदारी खोला नियन्त्रण, रत्ननगर नगरपालिका–९, खगेरी खोला संरक्षण कार्य र खैरहनी–१३, इचनी खोला हुनमान पुल तटबन्धन तथा गौघाट ढुंगे खोला तटबन्धन निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।
योजनाको अनुगमन गर्दै मन्त्री खड्काले गुणस्तरीय काम गर्न सुझाव दिनुभयो । मन्त्री खड्काले चालु आर्थिक वर्षमा सुरु भएका र पुराना अपुरा योजनाका लागि आवश्यक बजेट मन्त्रालयले उपलब्ध गराउने बताउनुभयो ।
योजना अनुगमनमा जलस्रोत तथा सिचाईं विकास डिभिजन कार्यालय, चितवनका प्रमुख प्रकाश तिमल्सिना, इञ्जिनियर अच्युतराज पौडेल र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*