शिक्षा अधिकार तथा बाल अधिकार प्रवर्दनका लागि २० बुद्धे सुझाव पत्र पेश

स्वर्णिम खबर
२८ चैत्र २०८१, शुक्रबार १७:३८

२९ चैत्र, हेटौँडा । लू निभाः बाल अधिकार समूह र शिक्षा अधिकार अनुगमन समूहले संयुक्त रुपमा बालबालिका सम्बन्धी कार्यक्रम समावेश गर्न बागमती प्रदेश सरकार समक्ष माग गरेका छन् ।
आगामी आर्थिक वर्षको वजेट तयारीमा लागेको बागमती प्रदेश सरकारलाई शिक्षा अधिकार तथा बाल अधिकार प्रवर्दनका लागि २० बुद्धे सुझाव पत्र पेश गरिएको हो ।
लू निभा बाल सरोकार समूहका संयोजक सन्तराम डंगोल र शिक्षा अधिकार अनुगमन समूहका संयोजक प्रकाश खतिवडाले संयुक्त रुपमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीलाई सचिवालयका कर्मचारी मार्फत् र मन्त्रालयका सचिवलाई सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारी मार्फत् सुझाव पत्र बुझाइएको हो ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा आफ्ना सुझावहरु समेट्न उनीहरुले माग गरेका छन् । अन्तराष्ट्रिय मञ्चहरुमा नेपालले प्रतिबद्धता जनाएअनुसार शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गरिनुपर्ने, प्रदेश सरकारले १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना जारीगर्नुपर्ने, दिवा खाजा, छात्रवृति, प्राथमिक उपचारका लागि यथेष्ट बजेट छुट्याउनुपर्ने माग समूहको रहेको छ । यस्तै, विद्यालयको भौतिक अवस्था सुधार, सीमातकृत लोपोन्मुख समुदायको बालबालिकाको लागि स्वास्थ्य बीमा, आवासिय विद्यालयको व्यवस्था, समावेशी शिक्षा अवधारणाको कार्यान्वयन, प्रत्येक विद्यालयमा आकस्मिक शैक्षिक सहायता कोष स्थापना हुनुपर्ने लगायतका सुझाव सहितको माग राखिएको छ ।
संघ प्रदेश र स्थानीय तहले लिएको शिक्षा नीति कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने समूहद्धारा बुझाइएको सुझावमा समेटिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*