योजनाको प्राथमिकीकरण यथार्थपरक भएनः मन्त्री खड्का

स्वर्णिम खबर
२८ चैत्र २०८१, शुक्रबार १५:२०

२९ चैत्र, हेटौँडा । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले योजना तर्जुमा, बजेट विनियोजन र योजनाको प्राथमिकीकरण यथार्थपरक नभएको बताउनुभएको छ ।
मकवानपुर जिल्लाको बकैया र वागमती गाँउपालिकाको विभिन्न वडाहरुका आर्थिक वर्ष २०८१÷०८२ मा संचालित चालु योजनाहरुको अनुगमनको क्रममा मन्त्री खड्काले सो कुरा बताउनुभएको हो ।
बजेट माग गर्दा अत्यावश्यक योजना , योजनाको लागत अनुमान, लाभान्वित जनसंख्या र योजनाले प्राप्त गर्ने थप उपलव्धि समेतलाई ध्यानमा राखी योजना छनौट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री खड्काले योजना छनौट गर्दा सकेसम्म चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी छनौट गर्नुपर्ने र वहुवर्षीय योजना अत्यावश्यक बाहेक राख्नु नहुने बताउनुभयो । उहाले मन्त्रालय मातहतका निकायहरुलाई समेत तथ्यपरक योजना छनौट गर्न, योजनाको लागत अनुमान गर्न पनि निर्देशन दिनुभयो ।
डि.पि.आर., उपभोक्ता समिती संगको सम्झौता र ठेक्का प्रकृया आर्थिक वर्षको शुरुमा नै सकी कार्तिक देखी वैशाख मसान्त सम्ममा योजना सम्पन्न गर्ने लक्ष्य लिनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री खड्काले आफुले सवै घरमा शुद्ध खानेपानी र सवै किसानहरुको खेतमा सिचाई सुविधाको व्यवस्थापनको मुल उदेश्य सहित  काम गरिरहेको जिकिर गर्नुभयो ।
‘चालु आर्थिक वर्षको स्वीकृत योजनाहरु निर्धारित समयमा सम्पन्न गराउन १३ वटै जिल्लामा गैरहेको छु ,हेर्दा देखिने, छाम्दा भेटिने वोल्दा सुनिने जस्तो भै जनतालाई तोकियको सेवा प्रवाह गर्ने प्रदेश सरकार र हाम्रो मन्त्रालय प्रतिबद्ध छ । ’ मन्त्री खड्काले भन्नुभयो ।
अनुगमनमा खानेपानी तथा सरसफाई डिभीजन नं. १ मकवानपुरका डिभिजन प्रमुख रविन श्रेष्ठ, सिंचाई विकास डिभिजन कार्यलय मकवानपुरका डिभीजन प्रमुख निर्मल दाहाल , नेपाली काँग्रेसका नेता आनन्द राम पराजुली, सुशान्त श्रेष्ठ, र अन्य सरोकारवाला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*