व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२७ चैत्र २०८१, बिहीबार १६:३९

२८ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिएपनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताउनुभएको हो । उहाँका अनुसार नीतिगत अस्थीरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो ।
देशमा भ्रष्टाचारको न्युनिकरण र अन्त्य गर्न सरकार कटिवद्ध रहेको पनि उहाँले बताउनु भयो । संघीयताको शुरु शुरुमा हरेक पालिका सरकारले आफैँ कर उठाउन ठाउँठाउँमा बाँस तेस्र्याइएको समेत उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पु¥याउनका लागि संघीय प्रणाली स्थापित गरिएको बताउनु भयो । निजी क्षेत्रले दिएको सल्लाह सुझावअनुसार सरकार चलेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले ल्याएका अध्यादेशहरु सही रहेको र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्ने उहाँको भनाई छ ।
सरकार र निजीको सम्बन्ध नमूनाको हिसावले अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा समेत सरकारले नीजि क्षेत्रलाई साथमा लिएर हिँड्ने उद्घोष गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*