व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता गरे देशमा आगो बल्छः अध्यक्ष थापा
२७ चैत्र, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलहरुले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने टिप्पणी गर्नुभएको छ ।
बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थपाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सत्तामा आफ्नो वर्चश्व कायम गर्न र व्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरु नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाउनु भयो । उहाँले संविधान संशोधन मार्फत व्यवस्था परिवर्तन गर्न नपाउने धृष्टता गरिए देशमा आगो बाल्ने चेतावनी दिनुभयो ।
चैत १५ को घटनाबाट आफूहरु कतिपनि बिचलित नभएको उहाँको भनाइ छ ।













