पत्रकार हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै पत्रकार महासंघद्वारा मुख्यमन्त्री र सिडिओलाई ज्ञापनपत्र पेश

स्वर्णिम खबर
१७ चैत्र २०८१, सोमबार १८:३५

१८ चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्बाहीका लागि माग गर्नुभएको हो । मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हुमागाईँले पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरी दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यसैगरी जिल्ला अध्यक्ष अधिकारीले राजनीतिक मुद्दाका आडमासञ्चारमाध्यममाथिको आक्रमण नियोजित रूपमा भएको र यस्तो निन्दनीय कार्यको महासंघले घोर भत्र्सना गर्ने बताउनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामाले आमसञ्चार क्षेत्र र प्रदेश सरकार दुवै लोकतन्त्रको अभिन्न अङ्ग हुनुका साथै एक अर्काको परिपूरक भएकाले राजावादीको नाममा सञ्चार क्षेत्रमा भएको आक्रमणको विरोध गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारकात र्फबाट आफूले पत्रकार र सञ्चारगृहका सुरक्षाको लागि खेल्नुपर्ने भूमिकाको लागि सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि आमसञ्चार क्षेत्रमाथि भएको आक्रमणबाट आफू दुःखित भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको सुरक्षाको लागि आफू तयार रहेको र पत्रकारहरूको माग माथिल्लो तहसम्म पु¥याउन प्रतिबद्ध रहेको बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्ट, पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायत विभिन्न पत्रकार सङ्गठनका प्रमुख एवं प्रतिनिधि तथा जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*