पाथिभरा महोत्सव तथा महायज्ञ सुरु
१७ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं १ मा अवस्थीत पाथीभरा मन्दिरमा पाथिभरा महोत्सव तथा महायज्ञ सुरु भएको छ ।
धर्म संगै पर्यटन भन्ने मुल नाराका साथमा पाथिभरा मन्दिरमा चैत्र १७ गतेदेखि सुरु भएको महोत्सव चैत्र २५ गतेसम्म महोत्सव चल्ने छ । आन्तरिक पर्यटन प्रर्वधन गर्ने उदेश्यले स्थापनाकाल देखि नै यस मन्दिरमा वर्षको दुई पटक वडादशै अष्टमी र चैते दशै अष्टमीमा विशेष पूजा हुने गरेको मन्दिरका मुल पिठाधिस गुरु देविदासले बताउनुभयो ।
देशका चर्चीत शक्तीपिठहरु मध्य पाथीभरा भगवती माताको मन्दिरमा नेपाल तथा भारतका विभीन्न स्थानबाट दर्शन गर्न दर्शनार्थी आउने गरेका छन । ताप्लेजुङ स्थित पाथिभरा मन्दिरबाट माताको प्रतिमा स्वरुप एक शिला, एक त्रिशुल र एक कलश ल्याएर २०६४ साल वैशाख १ गते भैरवडाँडामा पाथिभरा मन्दिरको स्थापना गरिएको मन्दिरका मुल पिठाधिस गुरु देविदासले बताउनुभयो ।

हेटौंडा बजारको बुद्धचोक बाट करिब २ किलोमिटरको दुरीमा रहेको मन्दिर परिसरबाट हेटौंडा बजारको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ ।













