सरकार र निर्माण व्यवसायी दुबैमा समस्या छः प्रजिअ श्रेष्ठ

स्वर्णिम खबर
६ चैत्र २०८१, बिहीबार १८:४९

७ चैत्र, हेटौँडा । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सरकार र निर्माण व्यवसायी दुबैमा समस्या रहेको बताउनुभएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरले बिहिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै उहाँले एकातिर निर्माण व्यवसायीहरुले सम्पन्न भइसकेको कामको भुक्तानी नपाउँदा अर्को तिर सरकारले बजेट छुट्याउँदा पनि फ्रिज हुने अवस्था रहेको जिकिर गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आर्थिक मन्दीको समयमा सबैले आ–आफ्नो तर्फबाट योगदान गर्न आग्रह गर्नुभयो । निर्माण व्यवसायीहरुलाई रहेको कानुनी अड्चन फुकाउन सरकार तयार रहेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीहरुले पनि हतारमा न्यूनतम मूल्यमा ठेक्का सम्झौता गर्ने तर काम नगर्ने परिपाटीको अन्त्य गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सन् २१०० सम्म समुन्नत राष्ट्र बनाउने अभियानलाई निर्माण व्यवसायीहरुको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने प्रमुख आधार निर्माण व्यवसायी नै रहेको उहाँको भनाई छ । निर्माण व्यवसायी सक्षम दक्ष भए मात्र राष्ट्र निर्माणको लक्ष्य प्राप्त गर्न सकिने उहाँको धारणा थियो ।
कार्यक्रममा संघका अध्यक्ष बालगोपाल कँडेलले निर्माण व्यवसायीहरुले भोग्नुपरेका समस्यामा जानकारी गराउनुभएको थियो । संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईँले १ करोड सम्मका योजनाहरुपनि उपभोक्ता समिति मार्फत् नभई टेन्डर मार्फत् नै हुनुपर्ने बताउनुभयो । निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धि, समयमै भूक्तानी नपाउँदा परेको समस्या लगायतका बारेमा उहाँले जानकारी गराउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*