४ वटा विषयमा चारदिने तालिमको आयोजना
६ चैत्र, हेटौँडा । प्रदेश युवा परिषद्सँगको सहकार्यमा फ्यूचर जेनेरेशन नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा विभिन्न ४ वटा विषयमा चारदिने तालिमको आयोजना गरेको छ ।
मानव बेचविखन, जातिय लैगिंक विभेद बिरुद्ध जनचेतना जगाउने, साइवर क्राइमका बारेमा जानकारी दिने र बढ्दो तनावलाई कसरी गर्ने भन्ने बारेमा तामिम आयोजना गरिएको हो । ९ गतेसम्म सञ्चालन हुने तालिमको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभयो ।
तालिममा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका १ सय १० जनाको सहभागिता रहेको छ । तालिममा मानव बेचविखन विरुद्धको सचेतनामूलक जानकारी गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले प्रदान गर्नुहुनेछ भने लैगिंक हिंसा के हो भन्ने बारेमा फ्य्रुचर नेपालका अध्यक्ष नवराज थापाले सहजिकरण गर्ने बताइएको छ । त्यस्तै,साइवर क्राइम र साइवर सुरक्षाका विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रस्तूती रहनेछ ।
ब्रम्हकुमारी राजयोगका विजयराज सिग्देलले तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुहुने आयोजकले बताएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका पूर्व प्रमुख रघुनाथ खुलाल, प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्याल, पत्रकार महासंघका मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता थियो ।













