थाहाको जनकल्याण माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन

स्वर्णिम खबर
५ चैत्र २०८१, बुधबार १९:२३

६ चैत्र, हेटौँडा । भारत सरकारको आर्थिक सहयोगमा थाहा नगरपालिकाको घट्टेचौरस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।
नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत ३ करोड ७७ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको भवनको भारतीय राजदूतावास काठमाडौँका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति,मकवानपुरका प्रमुख ललित घलानले बुधबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
जिल्ला समन्वय समिति,मकवानपुरबाट कार्यान्वयन भएको नेपाल–भारत ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गतको अनुदान रकमबाट २८ कोठे विद्यालय भवन निर्माण गनुृका साथै विद्यालयलाई आवश्यक फर्निचर व्यवस्थापन समेत गरिएको छ गरेको हो । उद्घाटन समारोहमा बोल्दै दूतावास काठमाडौका प्रथम सचिब बशिष्ठ नन्दनले यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो ।
उहाँले दुई देशबिचको साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभयो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले धेरै बर्षको निरन्तर प्रयासबाट विद्यालयको भवनले मुर्त रुप लिएको बताउदै भारतिय दुताबासले थाहा नगरपालिकाको शिक्षा क्षेत्रमा गरेको लगानीलाई नगरपालिकाले उच्च सम्मान गर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल, जनकल्याण एल्मुनाइ एशोसियसनका अध्यक्ष निरन्जन अधिकारी, पालुङ क्याम्पसका प्रमुख राजन मिश्र, प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट लगाएत भारतिय दूतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५ सय ४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४ सय ८३ वटा सम्पन्न भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*