मनहरीमा सवारी दुर्घटना हुँदा १ महिलाको मृत्यु
२७ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नं. ७ स्थित पूर्वपश्चिम सडकखण्डको रमनटारमा चितवनबाट मनहरी तर्फ आउँदै गरेको ग ११ प ९६२८ नं. को मोटरसाइकल लाई सोही दिशा तर्फबाट आउदै गरेको बा.प्र.०३–००१ क ०८२७ नं. को खाली मिक्सर ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक शिव कुमार चौधरीको श्रीमती ३४ वर्षीया सरिता देवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बारा जिल्लाका ३५ वर्षीय शिव कुमार चौधरी र अन्दाजी ५÷६ वर्षका अन्श चौधरी रहेको प्रवक्ता अर्यालले बताउनुभयो । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मिक्सरट्रक र ट्रक चालक मनहरी गाउँपालिका ९ ज्यामिरे बस्ने ४९ वर्षीय धन बहादुर सुनार इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।













