२ सय जनाले स्वास्थ्य जाँच गराए

स्वर्णिम खबर
२४ फाल्गुन २०८१, शनिबार १९:१३

२४ फागुन, हेटौँडा । १ सय १५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रमिक महिलासँग अन्तरक्रियाका साथै निशूल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्थित विभिन्न गैरसरकारी संघ संस्थाहरुको संयुक्त आयोजनामा उपमहानगरपालिकाको सभाहलमा शनिबार कार्यक्रम गरिएको हो । नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपमहानगरकी महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले लैङगिकतामा आधारित हिंसा तथा प्रेषणा प्रणालीको विषयमा कार्यपत्र प्रस्तूत गर्नुभएको थियो ।
कार्यक्रममा सचेतनामूक गीत, नाटक लगायतका प्रस्तूति समेत रहेका थिए । नारी दिवसकै अवसर पारेर उपमहानगर परिसरमा स्वास्स्थ्य शिविर समेत आयोजना भएको थियो । शिविरमा २ सय जनाले स्वास्थ्य जाँच गराएका थिए । ल्याब परिक्षण सुविधा सहितको शिविरमा पाठ्यघरको मुखको क्यान्सर जाँच भिआईए परिक्षण गरिएको थियो । ५८ जनाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका थिए ।
भिआईए प्रविधि मार्फत् स्क्रिनिङ गरिएको मध्य ६ जनाको पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्य तिवारीले जानकारी दिनुभयो । शिविरमा आङ खस्ने समस्याको पहिचान भएका २ जना महिलाको रिङ पेसरी राखिएको र एक जनाको शल्यक्रिया नै आवश्यक भएर थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरिएको छ । यस्तै, पिशाब मार्फत् गरिएको मृगौला परिक्षणका क्रममा ५ जनामा समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख तिवारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*