राजा भोटको राजनीति भन्दा माथि रहने संस्था होः अध्यक्ष लिङदेन
२४ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोटको राजनीति भन्दा माथि रहने संस्था भएको बताउनुभएको छ ।
शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिनुभएको जिकिर गर्नुभयो ।
अध्यक्ष लिङदेनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको उल्लेख गर्नुभयो । उहाँले अहिलेका नेताहरुसँग आफूहरु नै चुनाव लड्न पर्याप्त रहेको बताउनुभयो । अध्यक्ष लिङदेनले आफूहरुले राजनीतिक दलको राजा नभइ देशको राजा स्थापित गर्न खोजेको बताउनु भयो ।
अध्यक्ष लिङदेनले प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरु आफ्नो पार्टीको रहेको बताउनु भयो ।













