खोज र अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२० फाल्गुन २०८१, मंगलवार १८:०९

२० फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पत्रकाहरुले खोज र अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री लामाले सत्यतथ्य सुचनामा आधारित भएर पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनुभयो । कसैप्रति पूर्वाग्रह राखेर समाचार लेख्दा त्यसले पत्रकारिता माथि नै विकृति ल्याउने उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले पत्रकारहरुले स्वतन्त्रताको नाममा आफ्नो मुल्य मान्यतालाई पनि भुल्न नहुने पनि बताउनुभयो । वास्तविक विषयवस्तुलाई खोजतलास गरेर न्यायोचित ढंगले लेख्दा पेशाले पनि दिगोपना पाउने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले अब पत्रकारहरुले प्रविधिसंग नजिक रहेर काम गर्नुपर्ने बताउनुभयो ।
आधुनिक प्रविधिलार्य आत्मसात् गरेर अगाडि बढ्दा पत्रकारिता पेशाबाट नै पलायन हुने क्रमलाई केही हदसम्म रोक्न सकिने उहाँको धारणा थियो । प्रविधिमा आएको विकासले पत्रकारहरुलाई चुनौती थपेको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले पत्रकार र प्रदेश सरकारको सम्वन्ध सुमधुर हुनुपर्ने उल्लेख गर्नुभयो । कुनैपनि कामको नकारात्मक ढंगले भन्दा पनि सकारात्मक ढंगले काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब पूर्ण बहादुर दर्जीले पत्रकार महासंघ र संघसंगठनहरुका लागि काम गर्नका लागि नियम कडा नबनाएको बताउनुभयो ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ प्रदेशका निर्बतमान अध्यक्ष शिब देबकोटा, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, प्रेस युनियन प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस सेन्टर प्रदेशका अध्यक्ष धुब्र अधिकारी, फोनीज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतकाले आफ्ना भनाइहरु राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*