मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
१९ फागुन, हेटौँडा । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई .सोही दिशा तर्फ आउँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाईकल पछाडी बसेका चितवन रत्ननगर नगरपालिका १६ पिठुवा बस्ने बर्ष ५६ का निम बहादुर थापाको मृत्यु भएको थियो । टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले ट्रक चालकमाथि कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शनका साथै एक घन्टा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका थिए । दिउँसो ३ बजेदेखि ४ बजेसम्म मृतकका आफन्तले राजमार्ग अवरुद्ध बनाएका थिए । मृतक थापाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
मोटरसाईकल चालक रामजी गौतमको चितवनमा उपचार जारी छ । ठक्कर दिने गाडी र चालक जितपुर सिमरा उपमहानगरपालिका २१ का ओम प्रसाद खनाल लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













