लदी पर्वको अवसरमा बकैयामा विशेष कार्यक्रम हुने

स्वर्णिम खबर
१८ फाल्गुन २०८१, आईतवार १९:१३

१८ फागुन, हेटौँडा । प्रकृति पूजकका रुपमा परिचित माझी समूदायको प्रमुख चाड लदी पर्व अर्थात् कोसी पूजाको अवसरमा मकवानपुरको बकैयामा विशेष कार्यक्रम हुने भएको छ ।
नेपाल माझि उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया गाउँपालिका ६ जुईनामा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने आइतबार आयोजित पत्रकार सम्मेदनमा जानकारी गराइएको छ ।
२०६५ सालबाट राष्ट्रिय पर्व घोषणा गरेर माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार लदी पूजा गर्दै आएका छन् । बागमती प्रदेश सरकारले लदी पर्वका अवसरमा माझी समूदायलाई सार्वजनिक बिदा दिएको छ ।
२०७८ सालको जनगणना अनुसार नेपालमा माझि जातीको जनसंख्या १ लाख ११ हजार तीन सय ५३ रहेको नेपाल माझी उत्थान संघले जनाएको छ । लदी पूजाका दिन माझी समुदायले नदी खोलामा गई पूजा गर्ने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*