रत्ननगर नगरपालिकामा निर्माणाधिन संरचनाको मन्त्री खड्काद्वारा निरीक्षण
१७ फागुन, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्काले चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा रहेको निर्माणधिन दोरङगी बछौली ,चौरा कुलो, सौरवा कुलोको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा मन्त्री खड्काले हचुवाको भरमा बजेट विनीयोजन हुदा विकास निर्माणको काममा ढिलाइ भइरहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणमा यस्तो परिपाटीले निरन्तरता नपाउने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री खड्काले सम्पन्न नभएका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने समेत बताउनुभयो ।
योजनाको निरीक्षणको क्रममा रत्ननगर नगरपालिकाका मेयर प्रल्लाद सापकोटा, वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।













