उच्च अदालत बार एशोसियशन हेटौंडाको अध्यक्षमा मन प्रसाद भट्टराई निर्बाचित
१७ फागुन, हेटौँडा । उच्च अदालत बार एशोसियशन हेटौंडाको अध्यक्षमा पिपीएलएका उम्मेद्वार मन प्रसाद भट्टराई निर्बाचित हुनुभएको छ ।
शनिबार भएको निर्बाचनमा निकटत्तम प्रतिद्वन्द्वी डिएलएका हरि प्रसाद भट्टलाई पराजित गर्दै भट्टराई निर्बाचित हुनुभएको हो । भट्टराईले ३३ मत प्राप्त गर्दा भट्टले ३२ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा रामकृष्ण देउला निर्बीरोध निर्बाचित हुनुभयो ।
यस्तै सचिबमा सुजन तिमल्सिना ,सहसचिबमा पम्फा पुरी र कोषाध्यक्षमा रिमा प्याकुरेल निर्बाचित हुनुभएको हो । यस्तै सदस्यहरुमा चुडा उप्रेती, हरिहर खतिवडा, घ्रुबसिंह बिष्ट, दिपेन्द्र बानिया, केशब अर्याल, एक नारायण शर्मा र गणेश अधिकारी निर्बाचित हुनुभएको निर्बाचन अधिकृत मुकुन्दहरि पौडेलले बताउनुभयो । यस्तै महिला सदस्य निशा क्षेत्री निर्बिरोघ निर्बाचित हुनुभएको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।













