एक अर्काप्रतिको सम्मान र सद्भावले समुन्नत राष्ट्र निर्माण हुन्छः प्रजिअ श्रेष्ठ

स्वर्णिम खबर
१६ फाल्गुन २०८१, शुक्रबार १८:३७

१६ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–४ स्थित जामे मस्जिद समितिको ९ औं साधारणसभा एवम् अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले एक अर्काप्रतिको सम्मान र सद्भावले नै समुन्नत राष्ट्र निर्माण हुने धारणा राख्नुभयो । उहाँले नेपाल बहुभाषिक, बहुधार्मिक र विविधतायुक्त देश भएको बताउँदै अनेकतामा एकता नेपालीको पहिचान भएको उल्लेख गर्नुभयो । मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण तथा रुपान्तरणका लागि सम्बद्ध सबै लाग्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, ४ नम्बर वडाका वडा अध्यक्ष नविन सिग्देल,आधुनिक राष्ट्रिय माविका अध्यक्ष मोहम्मद समिम लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*