शान्तिटोलको सप्ताह ज्ञान महायज्ञमा २५ लाख भन्दा बढी रकम संकलन

स्वर्णिम खबर
१४ फाल्गुन २०८१, बुधबार १८:५६

१४ फागुन, हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौडा– ६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवार सम्म २५ लाख बढी रकम संकलन भएको छ ।
सप्ताहमा हेटौडा ६ शान्तिटोल निवासी रविलाल गौतमबाट २६ हजार १ सय २६,सन्तोस प्रजा र सीता प्रजाबाट १५ हजार ५ सय ५५, प्रकाश ढुङ्गानाबाट १५ हजार ५ सय ५५, षडानन्द न्यौपानेबाट १५ हजार ५ सय ५५, बासुदेव सापकोटा र गोमा सापकोटाबाट १३ हजार १ सय २५, भीमसेन पौडेलबाट ११ हजार १ सय ११, रामनाथ बास्तोला र धनकुमारी बास्तोलाबाट ११ हजार १ सय १ , सिताराम भट्टराईबाट ११ हजार १ सय ५५, अरुण पराजुलीबाट १० हजार १ सय ११, दिपक बहादुर सिहबाट १० हजार ५ रुपैया रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक उद्वव प्रसाद गौतमले जानकारी दिनुभयो ।
हेटौडा – ६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पवित्र उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ १५ गतेसम्म सञ्चालन हुने र सोहि दिन सामुहिक ब्रतबन्ध समेत गरिने कार्यक्रम रहेको छ ।युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पौडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*