जनतासंग जनसंगठन अभियानको शुभारम्भ

स्वर्णिम खबर
१३ फाल्गुन २०८१, मंगलवार १९:०५

१३ फागुन, हेटौँडा । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीले जनतासंग जनसंगठन अभियान सञ्चालन गरेको छ ।
मंगलबार एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले अभियानको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै स्थायी कमिटी सदस्य ढकालले पार्टीको राजनीतिक लक्ष्यबाट जनसंगठनहरु टाढा रहन नमिल्ने बताउनुभयो । पार्टी सुर्य र जनसंगठन चन्द्रमा भएको बताउनुहुँदै उहाँले पार्टी बलियो भएमात्र जनसंगठनहरु मजबुत हुने बताउनुभयो ।
उहाँले समाजमा हुने समग्र परिवर्तनको नेतृत्व पार्टीले गर्ने भएकोले त्यस अभियानमा जनवर्गीय संगठनको भुमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो । ८४ को चुनावमा बहुमत ल्याउन राजनीतिक एजेण्डको आधारमा गैर एमालेलाई एमालेमा जोड्नुपर्ने उहाँको भनाई छ । स्थायी कमिटी सदस्य ढकालले जनवर्गीय संगठनलाई मान्छे थन्काउने ठाउँको रुपमा प्रयोग गर्न नहुने बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले मकवानपुरमा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउने आफुहरुको अभियान रहेको बताउनुभयो ।
एमालेका हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष बोलबहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, सुमित्रा काफ्ले, बद्री लम्साल, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, जिल्ला अध्यक्ष श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*