मेयर तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहामा कृषि सामाग्री वितरण
१२ फागुन, हेटौँडा । थाहा नगरपालिकाको वडा न ७ मा रहेको दुई कृषि समूहलाई कृषि सामाग्री वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिका वडा न ७ राम्चेमा रहेको पारिजात कृषक
समुह र डाडाबासमा रहेको सुन्दरीदेवी कृषि समूह लाई कृषि सामाग्री वितरण गरिएको हो । मिनिटिलर ७ एच पि, मिनि टिलर डिजल, स्पे पम्प, मल्चिङ पाल्स्टिक, डिजिटल काटा सिम्पोलिन, २ हजार, १ हजार र ५ सय लिटरको हिलटेक, गार्डेन पाइप, हजारी लगायतका कृषि सामग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र रायमाझीले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताउनुभयो । यस कार्यक्रमको लागि पालिकाले १२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।













