गुफा तपस्यामा बसेका झाँकीहरु एक हप्ता पछि निस्किए
११ फागुन, हेटौँडा । हेटौंडा–१४ स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका गुफा बसेका झाँक्रीहरु आईतवार बाहिर निस्किएका छन् ।
गत फागुन ५ गतेदेखि गुफा तपस्यामा बसेका झाँकीहरु एक हप्ता पछि आईतबार बाहिर निस्किएका हुन् । एकसाता तपस्यामा हरेका झाँक्रीहरुलाई नगर प्रमुख मीनाकुमारी लामाले उनिहरुले प्रयोग गर्ने नयाँ पोशाक दिंदै बाहिर निकाल्नुभएको हो । आईतवार सेले हाईकर बोम्बो रिम ठिम अनुसार सञ्चालन भएको गुफा बसेका झाँक्रीहरु एक कार्यक्रमको आयोजना गर्दै बाहिर निस्किएका हुन् ।
छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानी ब्यबस्थापन समितिका अध्यक्ष ताराबहादुर बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख लामाले सँस्कृतिलाई जगेर्ना गर्न झाँक्रीहरुको ठुलो योगदान रहेको बताउनुभयो ।
८० वर्षभन्दा माथिका नागरिकहरु अझै पनि आफ्नो सस्कृति जोगाउन लागिपरेको भन्दै नगर प्रमुख लामाले झाँक्री संघको लागि आवश्यक साम्रगी उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ५ गतेदेखि सुरु भएको उक्त गुफा तपस्यामा १० जना झाँकीहरु बसेका थिए । गुफामा बस्ने झाँकीहरुले मन्त्र जपगरी तपस्या गरेका थिए । उनीहरुलाई भाँकीका गुरु मदन थिङले प्रशिक्षण गराएका थिए ।
गुफा ध्यान बसेर निस्किएपछि झाँकीको गुरु भएको प्रमाणित हुने छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका अध्यक्ष सार्की मान हिमडुङले जानकारी दिनुभयो । संस्कृतिको जगेर्ना गर्न २०६९ सालमा स्थापना भएको उक्त संस्थाले पछिल्लो समय हेटौंडामा हुने हरेकजसो कार्यक्रमहरुमा झाँकी नाच देखाउँदै आएका छन् । वडामा रहेका ४८ झाक्री मध्य पहिलो चरणमा १० जनालाई गुफा राखिएको थियो । अब बाँकिलाई बिस्तारै ध्यानमा राखिने समितिले जनाएको छ ।













