बौद्धधर्म शान्ति र एकताको प्रतिकका रुपमा नेपाली समाजमा स्थापितः सांसद् श्रेष्ठ
१० फागुन, हेटौँडा । बागमती प्रदेशका पूर्व खानेपानी उर्जा तथा सिचाईमन्त्री एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बौद्धधर्म शान्ति र एकताको प्रतिकका रुपमा नेपाली समाजमा स्थापित रहेको बताउनुभएको छ ।
नेपाल अंहिसाबादी बौद्ध धर्मविश्व शान्ति चक्रसंघ हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ स्थित बुद्धरत्न गुम्बाले मानब कल्याण र विश्व शान्तिका लागि आयोजना गरेको पुजा समापन समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा अंहिसा र परोपकारी भावना जगाउन बौद्ध गुरुहरुको सकारात्मक भुमिका रहेको बताउनुभयो ।
बुद्धरत्न गुम्बाको भौतिक पुर्वाधार विकासमा बागमती प्रदेश सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको स्मरण गर्दै उहाँले उक्त रकमबाट गुम्बको भौतिक संरचनामा विकास हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बौद्ध गुरुहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी सहित लामा गुरुहरुको आतिथ्यता रहेको थियो ।













