भन्सार छलि गरी ल्याईएका समानहरु बरामद
९ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले अवैध चोरी पैठारी गरी ल्याइएका ३ लाख रुपैयाँ मूल्य बराबरको बेवारिसे सामानहरु राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।
गत फागुन ३ गते हेटौंडा उपमहानगरपािलका १५ रातोमाटे चेकपोष्ट सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएका सामानहरु आवश्यक कार्वाहीका लािग शुक्रबार राजश्व अनुसन्धान कार्यालय पठाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
प्रहरीले १ लाख १५ हजार मूल्य बराबरको रेडिमेड तयारी कुर्था ५ सय ७५ थान, ब्लाउज सहितको साडी ४३ थान, लेहेङगाको कपडा ५ थान, सिल्क साडी, सुर्ती ९० प्याकेट विभिन्न चकलेट २ सय १० प्याकेट, जुत्ता, लेडिज चप्पल लगायतका १६ प्रकारका सामग्री बरामद गरेको छ । ती सामानहरुको मूल्य ३ लाख ६ हजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।













