अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरीः गृहमन्त्री लेखक

स्वर्णिम खबर
८ फाल्गुन २०८१, बिहीबार १८:४०

८ फागुन, काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेस सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभएको छ ।
बिहीवार पार्टीनिकट नेपाल वित्तिय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन अध्यादेशले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ छ । उहाँले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताउनु भयो । उहाँले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकारले चाँडै नै संसदबाट स्वीकृत गर्ने जिकिर गर्नुभयो ।
गृहमन्त्री लेखकले संविधान संशोधन नेपाली काँग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताउनुभयो । उहाँले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको दाबी गर्नुभयो ।
उहाँले सरकारको स्थायित्व कायम गर्दै मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि वर्तमान समिकरण र सरकार बनेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*