बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे

स्वर्णिम खबर
७ फाल्गुन २०८१, बुधबार २१:२३

७ फागुन, हेटौँडा । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधबार हेटौंडामा भएको परिषद्को १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले परिषद्को उपाध्यक्षमा सङ्गम चौलागाईं, सचीवमा दिपक अधिकारी, सहसचिवमा काजिराम मोक्तान र समुन्द्र खनाल, कोषाध्यक्षमा राधिका शर्मालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा रविन ढुंगाना, नवीन मिश्र, बिनय मिश्र, उद्दव सापकोटा, रमेशमोहन अधिकारी, सङ्गिता पुडासैनी, रामचन्द्र फुँयाल, उत्तम उप्रेती, सुरेश रेग्मी, रामप्रसाद साह, टीका प्रसाद कँडेल, सुर्यप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद लामिछाने, रमिता चौलागाईं, देवराज कोइराला, प्रेम हमाल, प्रतिमा गौतम र शम्भु प्रसाद हुमागाईं चयन भएका छन् ।
बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष मोहन प्रसाद शर्माको अध्यक्षतामा अधिवेशन भएको थियो । अधिवेशनमा नेकपा एमाले मकवानपुरका उपसचिव आरती पाठक, पार्टी जनसंगठन प्रमुख सन्तोष पौडेल लगायत परिषद्का प्रदेश तथा केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*