प्रज्वल शिक्षा सदन इंग्लिस स्कुलको ३५ औँ अभिभावक दिवस सम्पन्न

स्वर्णिम खबर
७ फाल्गुन २०८१, बुधबार १९:००

७ फागुन, हेटौँडा । हेटौडा ६ चौघडामा रहेको प्रज्वल शिक्षा सदन इंग्लिस स्कूलले ३५ औँ अभिभावक दिवस मनाएको छ ।
६ नम्बर वडा का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आथिथ्यतामा भएको अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । अभिभावक दिवसको अवसरमा विद्यालयले स्वस्थ खाजा पठाउने अभिभावक, समयमै शुल्क बुझाउने अभिभावक, बालबालिकालाई सफा बनाएर स्कुल पठाउने अभिभावकलाई सम्मान समेत गरेको थियो ।
विद्यालयले विगत लामो समयदेखि प्रदान गर्दै आइरहेको उत्कृष्ट शिक्षक सम्मानबाट यसवर्ष लक्ष्मी तिमल्सिनालाई नगद ५ हजार सहित सम्मानित गरेको छ । कार्यक्रममा प्रिन्सीपल गणेशकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रिमालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई सहयोग पु¥याएको भन्दै राजदेव बानिया, श्याम बानिया र अजित थापालाई कदरपत्र द्वारा सम्मानित गरिएको थियो । सार्वजनिक शैक्षिक गुठी मार्फत सञ्चालनमा रहेको यो विद्यालयमा कक्षा ५ सम्म अध्यापन गराइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*