भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिन्छः अध्यक्ष दाहाल

स्वर्णिम खबर
३ फाल्गुन २०८१, शनिबार १६:५५

३ फागुन, हेटौँडा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारको अन्त्य नगरे सम्म देश नबन्ने बताउनुभएको छ ।
बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताउनुभयो । देशबाट भ्रष्टाचारको अन्त्य भएमात्र सामाजिक न्याय स्थापित गर्न सकिने उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डले  माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भव छ भन्ने जनताले बुझेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको समेत बताउनुभयो । त्यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट समेत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*