लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस को तेस्रो जिल्ला अधिवेशन हेटौंडामा हुने

स्वर्णिम खबर
२ फाल्गुन २०८१, शुक्रबार १४:२९

२ फागुन, हेटौँडा । लायन्स क्लब इन्टरनेशनल अन्र्तगतको डिष्ट्रिक्ट ३२५ एस को तेस्रो जिल्ला अधिवेशन आगामी वैशाख ६ गते हेटौंडामा हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको लागि आवश्यक तयारीको सुरुवात भएको डिष्ट्रिक्ट गर्भनर टासी डोल्मा तुम्बहाम्फेले जानकारी दिनुभयो । अधिवेशनमा विगतका कार्य समिक्षा गर्नुका साथै आगामी लायन वर्ष २०२५÷२०२६ को लागि नयाँ नेतृत्व चयन समेत चयन गरिनेछ ।
अधिवेशनका क्रममा करिब हजार प्रतिनिधि हेटौंडामा सहभागी हुने डिष्ट्रिक्ट गर्भनर तुम्बहाम्फेले बताउनुभयो । यस डिष्ट्रिक्टको हेटौंडा, काठमाडौं र बिरगंज गरी तिन क्षेत्रहरु पर्दछन् । जसअन्तरगत १ सय ३८ वटा क्लबहरुमा २ हजार सदस्य संख्या रहेको छ ।
पत्रकार सम्मेलनमा लायन्स डिष्ट्रिक्ट कन्भेन्सनर किशोर टण्डन, पास्ट डिष्ट्रिक्ट गर्भनर सम्भु नकर्मी, सचिव गौरी चिमरिया, कोषाध्यक्ष रजनी तिवारी, जिल्ला कार्यकारी प्रमुख अंकिता सुमार्गी, स्वीकृत राज पराजुली, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
लायन्सले विगत देखि नै जँहा आवश्यकता त्यहाँ लायन्स भन्ने मुल नाराका साथ वातावरण क्षेत्र, स्वास्थ्य क्षेत्र, नेतृत्व विकास तथा शिक्षा क्षेत्रमा विविध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*