बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषिमन्त्री श्रेष्ठलाई प्रदान
२९ माघ, हेटौँडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले पाउनुभएको छ ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उहाँलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।
मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्सको दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले जनाएको छ ।
कृषि मन्त्री श्रेष्ठले माघ ३० गतेदेखि मुख्यमन्त्री लामा नफर्किउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो ।
मुख्यमन्त्री लामा दुबईमा आयोजना हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।













