मकवानपुरको सिस्नेरीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना गर्न माग

स्वर्णिम खबर
२७ माघ २०८१, आईतवार १९:०५

२७ माघ, हेटौँडा । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले गत असोजमा मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको बाँधको ढोका खोल्दा भएको बाढीबाट भएको क्षतिको पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत केन्द्रको बाँध भरिएर फुट्ने डरले जानकारी समेत नदिई दुई वटै ढोका खोल्दा ठूलो धनजनको क्षती भएको थियो ।
बाँध खोलिएपछि आएको बाढीमा परी ६ जना बाल खेलाडिको मृत्यु समेत भएको थियो । मुख्य सचेतक बर्तौलाले प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई ख्याल नपु¥याई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँध खोलेको भन्दै उक्त कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्न समेत माग राख्नुभयो ।
उहाँले बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, वस्ति, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्नुभयो ।
उहाँले क्षति भएका संरचनाहरुको पुनःस्थापना गर्दै स्थानीयलाई मुआब्जा वितरण गर्न समेत सरकारसँग माग गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*