बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्न महायज्ञ हुने

स्वर्णिम खबर
२५ माघ २०८१, शुक्रबार १७:११

२५ माघ, हेटौँडा । हेटौंडा–५ सिचाइ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुने भएको छ ।
यही फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्न श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष इन्दिरा न्यौपानेले बताउनुभयो ।
पछिल्लो समय आर्थिक मन्दीको कारण बालगृह सञ्चालनमा समस्या हुने अवस्था आएपछि यसको दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । फागुन १ गते बिहान ८ बजे गोरक्षश्वर मन्दिर (राप्तीतट) बाट कलशयात्रा गरि सप्ताहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २७ जना बालबालिकाले आश्रय लिईरहेका छन् । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित रामचन्द्र तिमल्सिना र हरिचन्द्र तिमल्सिनाबाट कथा वाचन हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*