लोकतन्त्रलाई आत्मसात् गरेर अगाडि बढ्नु आजको आवश्यकताः केन्द्रिय सदस्य राना

मनिल महतो
२२ माघ २०८१, मंगलवार १५:०८

२२ माघ, हेटौँडा । नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले अधिकार प्राप्तिको चरणपछि आर्थिक समृद्धिको दिशामा बढनुपर्ने अवस्था आएको बताउनुभयो । लोकतन्त्र आवरण र नारामा मात्र सीमित राख्ने विषय नभएको बताउनुहुँदै उहाँले लोकतन्त्रलाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
मकवानपुर इन्चार्ज समेत रहनुभएका रानाले समाजमा घृणाको रोपन गर्ने तत्वहरु क्रियाशील रहेको बताउनुभयो । राष्ट्रियता र लोकतन्त्रको विरुद्ध उभिने पक्षहरुले समाजमा नकारात्मकता फैलाइरहेको उहाँले उल्लेख गर्नुभयो बताउनुभयो । नकारात्मक दिशातर्फ लम्किरहेको समाजलाई सहि मार्ग निर्देशनमा लैजान प्रेस चौतारीको कलम चल्नुपर्ने आफनो अपेक्षा रहेको उहाँको भनाई छ ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले पत्रकारहरुले आफ्नो व्यवसायिक धर्म निभाउनुपर्ने बताउनुभयो । संघीयता व्यवस्थालाई कमजोर बनाउन सञ्चारजगतबाटै अपारदर्शी ढंगले सहयोग भइरहेकोले त्यसतर्फ पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपाल, मकवानपुरकी अध्यक्ष सरिता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ , एमाले जिल्ला उपसचिव आरती पाठक, प्रचार विभाग प्रमुख उज्वल चौलागाईं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मेन्द्र दाहाल, जिल्ला उपाध्यक्ष ध्रुब अधिकारी, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उप–महासचिव सुरेश श्रेष्ठ, प्रेस युनियनका मकवानपुरका अध्यक्ष सुवास विडारी सहितले मन्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*