७२ जना नेवार समूदायका कन्याको सामूहिक बेल विवाह
२१ माघ, हेटौँडा । बसन्त पञ्चमीको शुभसाइत पारेर हेटौंडा १० बसपार्कमा ७२ जना नेवार समूदायका कन्याको सामूहिक बेल विवाह (इहि) गरिएको छ ।
इहि यज्ञ सुवर्ण कुमार वेल विवाह गुठी हेटौंडाको आयोजनामा भएको ५३ औँ सुवर्ण कुमार वेल विवाह कार्यक्रममा ७२ नेवार समूदायका कन्याको सहभागिता रहेको गुठीले जनाएको छ । विवाह कार्य आइतबार र सोमबार दुई दिन चलेको थियो । नेवार समूदायमा रजश्वला पूर्व नै छोरीको बेलसँग विवाह गरिदिने प्रचलन रहेको छ ।
एउटा परिवारको लागि सबै विवाह सामग्री जुटाउन गाहे पर्ने भएकाले २०२९ सालदेखी हेटौंडामा सामूहिक रुपमा वेल विवाह गरिदै आएको छ । वेल विवाहमा नेवार संप्रदायकै ब्राह्मण, ब्राह्मणी, कर्माचार्य, जोशी, सेवाचार्य, प्रजापति र नापित गरी ७ जातीय पुजारीहरुद्धारा विवाह कार्य गरिने प्रचलन रहेको छ ।













