अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविकः अध्यक्ष दाहाल
२१ माघ, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयता सम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताउनुभएको छ ।
सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउनुभयो । अध्यक्ष दाहालले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको जिकिर गर्नुभयो ।
उहाँले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताउनु भयो । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पु¥याउँदा नै संघीयता सफल हुने उहाँको भनाई छ । अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताउनु भयो ।
जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको उहाँले उल्लेख गर्नुभयो ।













