कृषि अनुदानको अवस्था विषयक छलफल कार्यक्रम हेटौंडामा सम्पन्न

स्वर्णिम खबर
१४ माघ २०८१, सोमबार १८:५९

१४ माघ, हेटौँडा । सरकारले प्रदान गर्ने कृषि अनुदान लक्षित वर्गले प्राप्त गर्न नसकेको बताइएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा राष्ट्रिय समावेशी आयोगले आयोजना गरेको कृषि अनुदानको अवस्था विषयक छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । पिछडिएका वर्ग, महिला, दलित लगायत आयोगका लक्षित वर्गका किसानले सहज रुपमा कृषि अनुदान पाउन नसकेको बताइएको छ ।
अनुदानको बारेमा प्रक्रियागत ज्ञान नहुँदा किसानले पाउने अनुदान विचौलिया र पुहँचवालाले मात्रै पाउने गरेको किसानको गुनासो छ । कार्यक्रममा आयोगका सहसचिव बलराम निरौलाले कार्यपत्र प्रस्तूत गर्नुभएको थियो ।
छलफलमा आयोगको कार्यकारी अध्यक्ष विष्णुमाया ओझा, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, किसान महासंघका प्रतिनिधि, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*