प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने

स्वर्णिम खबर
१२ माघ २०८१, शनिबार २०:३३

१२ माघ, हेटौँडा । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने भएको छ ।
प्रदेश कमिटिको दोश्रो अधिवेशन फागुन ७ गते चितवनमा गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो । अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाबाट प्रतिनिधी छनौट भएर आउने छन् ।
अधिवेशनको क्रममा प्रेस चौतारी बागमती पुरस्कार ४ जनालाई र उत्कृष्ट शाखालाई सम्मान वितरणको कार्यक्रम समेत रहेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
प्रदेश कमिटिको माघ ५ गते चितवनमा बसेको पुर्ण बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष खतिवडाको संयोजकत्वमा कमिटिको कार्यसमिति र १० वटा जिल्लाका अध्यक्ष रहने गरी मुल समिति गठन गरिएको कमिटिका महासचिव प्रकाश दाहालले बताउनुभयो ।
कमिटिका कोषाध्यक्ष प्रज्वल पौडेलको संयोजकत्वमा सचिवालय सदस्य गोविन्द घिमिरे, सुनिल पौडेल र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डित रहनेगरी आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ ।
प्रदेश कमिटिका सचिवालय सदस्य दिपेन्द्र अधिकारीको संयोजत्वमा मकवानपुर ईन्चार्ज रामशरण दुलाल र सदस्य लक्ष्मण गौतम रहने गरी प्रतिनिधि ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।
प्रदेश कमिटि सदस्य आरती ढकालको संयोजकत्वमा प्रदेश कमिटि सदस्य रोहिणी त्रिपाठी, र रामचन्द्र रुपाखेती रहनेगरी अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरिएको छ । चितवन इन्चार्ज रामकान्त पौडेलको संयोजकत्वमा लक्ष्मण गौतम र कृष्ण खनाल रहने गरी भोजन तथा आवास उपसमिति गठन गरिएको छ ।
प्रदेश कमिटिका सचिव विदुर पौडेलको संयोजकत्वमा सचिवालय सदस्य विबश अधिकारी, नविन तिमल्सिना रहनेगरी सम्मान तथा पुरस्कार व्यबस्थापन उपसमिति गठन गरिएको छ ।
सचिव वासु श्रेष्ठको संयोजकत्वमा काभ्रे इन्चार्ज केदार तिमल्सिना, प्रदेश सदस्य सिमोन न्यौपाने, श्रीराम अधिकारी सहित १० जिल्लाका अध्यक्ष रहनेगरी प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
प्रदेश कमिटिका सदस्य मधुसुधन दवाडीको संयोजकत्वमा होमनाथ सापकोटा र बालकृष्ण अधिकारी रहने गरी प्रस्तावना लेखन समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*