स्वतन्त्रताको नाममा पत्रकारहरुले आफ्नो व्यवसायिकतालाई बिर्सन मिल्दैनः अध्यक्ष शर्मा
१२ माघ, हेटौँडा । नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अझै पनि आक्रमण भइरहेको बताउनुभएको छ ।
महासंघ मकवानपुर शाखाको कार्यसमिति बैठकमा बोल्नुहुँदै उहाँले पत्रकारहरु व्यवसायिकता र जिम्मेवार नहुँदा प्रश्नहरु उठ्न हुन थालेको बताउनुभयो । स्वतन्त्रताको नाममा पत्रकारहरुले आफ्नो व्यवसायिकतालाई बिर्सन नहुने उहाँको भनाई छ ।
अध्यक्ष शर्माले सत्यतथ्य समाचारहरु सम्प्रेषण गरेर जनताको सही सुचना पाउने अधिकारलाई सुनिश्चित्तत गर्नुपर्नेमा जोड दिनुभयो । सुचना प्रविधिमा आएको परिवर्तनले सञ्चारक्षेत्रमा चुनौती थपिएको समेत उहाँले बताउनुभयो । अध्यक्ष शर्माले पत्रकारहरु निकै संक्रमणकालमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुने गरी मिडिया कानुनहरु आउनुपर्ने समेत बताउनुभयो ।













