असमानता विरुद्धको आवाजलाई परिणाममूखी बनाउन हेटौंडामा बृहत् ¥याली
९ माघ, हेटौँडा । असमानता विरुद्धको आवाजलाई परिणाममूखी बनाउनका लागि गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको आयोजनामा हेटौंडामा बृहत् ¥याली निकालिएको छ ।
हेटौंडाको बुद्धचोकबाट निस्किएको असमानता विरुद्धको ¥याली कान्तिलोकपथ, स्कुलरोड हुँदै सिमाचोमा पुगेर कोणसभामा परिणत भएको थियो । स्विट्जरल्याण्डमा हुन लागेको विश्व आर्थिक मञ्चको बैठकलाई दबाब श्रृजना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले बताउनुभयो ।
बालबालिका, युवा, महिला, मधेशी, आप्रवासी कामदार, मजदुर, साना किसान, लैगिंक तथा यौनिक समूदाय र विपद् पीडितहरु समूहले सामना गरेका असमानतालाई एकीकृत रुपमा आवाज बुलन्द गरी असमानता विरुद्धको आवाजलाई परिणाममूखी बनाउन सातै प्रदेशमा गैससको आयोजनामा कार्यक्रम गरिएको गैसस बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो ।

पेरिस सम्झौता कार्यान्वयन गर, जलवायू संकट समाधान गर, हामी ९९ प्रतिशत हौं हाम्रा कुरा सुन, सम्पति कर लगाउ, आधारभूत आवश्यकता पूरा गर्न पुग्ने ज्यालाको व्यवस्था गर लगायतका माग लेखिएको ब्यानर सहित ¥याली निकालिएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रिय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन कुमार भट्ट, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, अपांग महासंघ बागमती प्रदेशकी सीता मल्ल, यौनिक तथा लैङिंक अल्पसंख्यक लगायत गैसस महासंघमा आवद्ध संस्था, मजदूर लगायतको उपस्थिती थियो ।













