माघ १२ गते मकवानपुर गढीमा सोनाम ल्होछार पर्व मनाइने

स्वर्णिम खबर
३ माघ २०८१, बिहीबार १८:५६

३ माघ, हेटोँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा आगामी माघ १२ गते शनिबार सोनाम ल्होछार पर्व मनाईने भएको छ ।
बिहिबार नेपाल तामाङ्ग घेदुङ मकवानपुरगढि गाउँपालिका कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारे जानकारी दिएको हो ।
तामाङ समुदायको भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको समितिका अध्यक्ष सानोकान्छा थिङले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको तामाङ सेलो सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुति समेत रहने जनाएको छ ।
कार्यक्रममा ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु समेत राखिने अध्यक्ष थिङले जानकारी दिनुभयो । यसै गरी कार्यक्रम सञ्चालन गर्न गाँउपालिका र अन्य प्रायोजक संग समन्वय गरेको र अनुमानित ६ लाख खर्च हुने कार्यसमिति सदस्य बिक्रम लुङवाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा कार्यसमितिका सल्लाहकार राजकुमार गोले, उपाध्यक्ष विक्रम योञ्जन, सहसचिव भुवन घलान, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितिको रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*