फागुन १५ गतेदेखि १७ गतेसम्म प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने

स्वर्णिम खबर
१६ पुष २०८१, मंगलवार १९:२३

१६ पुस, हेटौँडा । ग्रिन गोल्डका रुपमा परिचित बाँसको महत्वका बारेमा जानकारी दिने उद्देश्यले नेपालमै पहिलो पटक प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना हुने भएको छ ।
खोटाङको दिक्तेल बजारमा आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म राष्ट्रिय बाँस सम्मेलन आयोजना हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिने बाँस सम्मेलनको बारेमा जानकारी दिइएको हो । सम्मेलनको नारा जहाँ बास त्यहाँ जिवन, जहाँ जिवन त्यहाँ बाँस रहेको छ ।
बहुउपयोगी बनस्पति बाँसका प्रजातिका बारेमा विस्तृत जानकारी दिन, यसको उपगोगिता, अर्थतन्त्रमा योगदान, बाँसको व्यवसायिक खेति, लगायतका बारेमा सम्मेलनमा जानकारी गराइने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा बाँस विज्ञको प्रस्तूतिकरण, बाँसबाट निर्मित सामग्रीको प्रदर्शनी लगायत विभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सम्मेलनमा सरकारी तथा गैरसरकारी निकाय, वन उपभोक्ता समूह, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका साथै वन विषय अध्ययनरत विद्यार्थीहरूका साथै हजारौंले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*