मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा तिमल्सिना
११ पुस, हेटौँडा । मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन हुनुभएको छ ।
समाजको बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएको प्रथम अधिवेशनले तिमल्सिनाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम दहाल अर्जुन, कोषाध्यक्षमा अशोक बजगाईं, सहसचिवमा भुवन घलान (सोमलाल) चयन भएको निर्वाचन समिति संयोजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले जानकारी दिनुभयो ।
सदस्यहरूमा सञ्जिव सुनार, अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे र सुमिना चौलागाईं चयन भएका छन् । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको अधिवेशनमा गाउँपालिकाको निवर्तमान अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, २ नम्बर वडाका वडाध्यक्ष बखान सिं पाख्रिन, ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच मंसिर २८ गते सम्पन्न भएको पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको निवाचनबाट निर्वाचित ८ जना समाजका सदस्यहरूलाई स्वागत सम्मान तथा बधाई ज्ञापन समेत गरिएको छ । मकवानपुरगढी पत्रकार समाजमा करिब ४० जना पत्रकारहरू आबद्द रहेका छन् ।













