क्रिसमस पर्वको अवसरका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
११ पुस, हेटौँडा । अग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमस पर्वको अवसरका हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
एसडिए चर्चको आयोजनामा हेटौंडा उपमहानरपालिका १४ ड्राइभर डाँडामा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । एसडिए चर्च नेपालका अध्यक्ष एवम् एसडिए वाइवल कलेजका डाइरेक्टर डाक्टर शैलेस दिन दयालको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय पटक भन्दा बढी रक्तदान गरि गिनिज बुकमा विश्व रेकर्ड राख्नु्भएका कोरियाका एडर पार्क संङ्सुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एसडिए चर्च बागमति प्रदेश अध्यक्ष सामुयल शर्मा, वरिष्ठ सल्लाहकार जिवन साह, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा वक्ताहरुले सबै धर्मको सम्मान गर्नुपर्ने बताएका थिए । सो अवसरमा उपहार साटासाट गरिनुका साथै स्थानीय कलाकार दिपक कालिराज र संगिता सुनार लगायतले विशेष प्रस्तूति राख्नुभएको थियो ।













