२९ जनाले रक्तदान गरे
११ पुस, हेटौँडा । हेटौंडा उपमहानरपालिका ७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाको २६ औं स्थापना दिवसको अवसरमा संस्थाको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । रक्तसञ्चार सेवा केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ७ जना महिला र २२ पुरुष गरि २९ जनाले रक्तदान गरेका थिए ।
संस्थाले सामाजिक उत्तरदायित्व बहनमा रहेर रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारकिा प्रबन्धक रामशरण गौतमले बताउनुभयो । स्थापना दिवसको अवसरमा संस्थाले वार्षिक रुपमा रक्तदान गर्दै आएको छ । अन्य रगत समूहको तुलनामा ‘ए पोजेटिभ’ रगतको अभाव देखिएकोले उक्त रक्त समूहका व्यक्तिलाई रक्तसञ्चार सेवा केन्द्रमा आएर रगतदान गर्न प्राविधिक किशोर सापकोटाले आग्रह गर्नुभयो ।
रक्तदान कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बहादुर बस्नेत, पदाधिकारी, कर्मचारी शेयर सदस्यहरुको सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा संस्थाले विविध सप्ताहव्यापी कार्यक्रम गरेको छ ।













