मनहरी र थाहा कार्य सम्पादन मुल्यांकनमा उत्कृष्ट

स्वर्णिम खबर
३ पुष २०८१, बुधबार १८:३३

३ पुस, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरको बार्षिक समिक्षा २०८१ को अवसरमा मनहरी गाउँपालिका र थाहा नगरपालिका कार्य सम्पादन मुल्यांकनमा उत्कृष्ट स्थानीय तहका रुपमा सम्मानित भएका छन् ।
हेटौँडा उपमहानगरपालिका दोस्रो, गढी र कैलाश गाउँपालिका तेस्रो हुन सफल भएका छन् । जिल्ला समन्वय समितिले उत्कृष्ट कर्मचारीका रुपमा इन्द्र शरोबर गाउँपालिकाका राजन खतिवडा र जिससकै सव ईन्जीनियर पुजा यादबलाई सम्मान गरेको छ । समाज सेवा तर्फ अर्पण पराजुली र कल्पना शर्मालाई सम्मान गरिएको छ ।
पत्रकारिता तर्फ गणेश दर्पण अधिकारी र भावना रिजाल सम्मानित भएका छन् । एसईईमा उत्कृष्ट बिद्यालयका रुपमा प्रगति माबी र बाल जागृती ईङलीश स्कुललाई सम्मान गरिएको छ । उत्कृष्ट सहकारी, उत्कृष्ट खेलाडी, उत्कृष्ट सामुदायिक बन, घरेलु तथा महिला उद्यमी, स्वास्थ्य स्वयम्सेविका र मेलमिलाप कर्ता गरी १३ वटा विधामा २४ जनालाई प्रदेश प्रमुख दिपक प्रसाद देबकोटाले एक समारोहका बीच सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*